Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भक्तजनले चढाए पाथीभरामा ३६ क्विन्टल सिक्का

भक्तजनले चढाए पाथीभरामा ३६ क्विन्टल सिक्का


  • 582
    Shares

    • images
    भक्तजनले चढाए पाथीभरामा ३६ क्विन्टल सिक्का
    images

    काठमाडौं । पाथीभरा मन्दिरमा पछिल्ला १० महिनादेखि भण्डारणमा रहेका करिब ३६ क्विन्टल सिक्काको गणना सुरु भएको छ । 

    अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जानकारी दिएको छ । 

    आफ्नो मनोकामना पूरा हुने विश्वासमा बर्सेनि आउने लाखौँ भक्तजनले मन्दिरमा नगद, सुन, चाँदी, तामा, घण्टीलगायत चढाएका भेटीलाई सङ्कलन गरी व्यवस्थापन गरिँदै आएको छ ।

    नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् भने अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो ।

    भेटी गणनाका लागि ८ जना कर्मचारी समितिले परिचालन गरेको छ । हरेक दिन पाथीभरा मन्दिरबाट कर्मचारीले भेटी सङ्कलन गरी माथिल्लो फेदीमा भण्डारण गर्ने गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १४:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij