२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू-एमजी ४ इभी, एमजी कमेट इभी, एमजी जेडएस ईभी, एमजी एसछ इभी, एमजी विन्डसर ईभी, र एमजी आइएमट इभी खरिद गर्दा विशेष सुविधा पाउने छन्।
पर्व विशेष अफरहरुमा ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर पाइने छ । यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ भने जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।
प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले पर्वहरू खुसी, एकता र उत्सवको समय भएकाले ‘पाथ्स अफ स्माइल’ योजनामार्फत ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहेको बताएका छन् । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर रहेको उनको भनाइ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij