Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नाडा अटो शो : शनिबारसम्म करिब एक लाख ५० हजारले गरे अवलोकन

नाडा अटो शो : शनिबारसम्म करिब एक लाख ५० हजारले गरे अवलोकन


  • 358
    Shares

    • images
    नाडा अटो शो : शनिबारसम्म करिब एक लाख ५० हजारले गरे अवलोकन
    images

    काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।  १७ औँ संस्करणको अटो शो सुरु भएको पाँचौँ दिन शनिवारसम्म १ लाख ४९ हजार ८८१ दर्शकले अवलोकन गरेको नाडाले जानकारी दिएको छ ।

    नाडाका महासचिव सुरेन्द्र उप्रेतीका अनुसार अटो शो सुरु भएको पाँचौँ दिन शनिबारसम्म करिब १ लाख ५० हजारले अवलोकन गरेको बताएका छन् । उनले नाडा अटो शोमा यो अहिलेसम्मकै ऐतिहासिक उपलब्धि भएको बताएका हुन् । उप्रेतीले पाँचौँ दिनसम्मको तथ्याङ्कले आम जनता नवीन प्रविधिहरूसँगै अटो शोप्रति धेरै चासो र जिज्ञासा राख्छन् भन्ने प्रस्ट भएको बताएका छन् ।

    नाडा अटो शोमा अवलोकनको उत्साहजनक सहभागिता हुनु उड्ने कार आकर्षणको केन्द्र भएको महासचिव उप्रेतीले बताएका छन् ।  नाडा अटो शोमा नेपालका प्रायः सब क्षेत्रका विशिष्ट व्यक्तिहरूले प्रदर्शनीको अवलोकन गरेका छन् । 

    नाडा अटो शो प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य-तयारीको राष्ट्रिय उत्सव भएको नाडाले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १२:२४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij