Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु


  • 330
    Shares

    • images
    भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु
    images

     काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ ।

    शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् ।

    शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ । द्विपक्षीय बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।

    उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् । यो नेपालमा भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - ११:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij