Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुटकेशभित्र महिलाको शव फेला

सुटकेशभित्र महिलाको शव फेला


  • 939
    Shares

    • images
    सुटकेशभित्र महिलाको शव फेला
    images

    रौतहट । रौतहटको गौर नगरपालिका ९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो ।

    महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।

    घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मृतक महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख,प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - ०८:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij