Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज यी स्थानमा ‘भारी’ वर्षाको पूर्वानुमानः मधेस, कोसी र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना

आज यी स्थानमा ‘भारी’ वर्षाको पूर्वानुमानः मधेस, कोसी र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना


  • 519
    Shares

    • images
    आज यी स्थानमा ‘भारी’ वर्षाको पूर्वानुमानः मधेस, कोसी र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना
    images

    काठमाडौं । देशका थोरै स्थानमा आज (भदौ ८) ‘भारी’ वर्षाको पूर्वानुमान छ । तराईका कतिपय स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा)को पूर्वानुमान छ । वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना छ । बाँकी तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    “वाग्मती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ, “मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।”

    यस दिन राति मधेस, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदलीको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीको पूर्वानुमान छ ।

    कोसी, मधेस, वाग्मती, गण्डकीसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ । “गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि देशमा प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - ०६:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij