Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

रविमाथि ओलीको आक्रोश: बैंक ठगी आफू गर्छन्, ७ वटा अदालतले थुनेको छ, गाली हामीलाई गर्छन्

रविमाथि ओलीको आक्रोश: बैंक ठगी आफू गर्छन्, ७ वटा अदालतले थुनेको छ, गाली हामीलाई गर्छन्


  • 764
    Shares

    रविमाथि ओलीको आक्रोश: बैंक ठगी आफू गर्छन्,  ७ वटा अदालतले थुनेको छ, गाली हामीलाई गर्छन्
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका नेता कार्यकर्तामाथि आक्रोश पोखेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठगेर ७ वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको बताएका छन् ।

    आज ९शुक्रबार० पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले करोडौंको ठगी गरेकाहरुको पछाडि पनि मान्छे लागेको देख्दा अचम्म लागेको बताएका हुन् ।

    ‘लहैलहैको पछाडि मान्छे कसरी कुद्छन् रु नयाँ भन्नेहरुको पछाडि मान्छे कुदेको देख्दा । करोडौंको ठगी गरेको छ, यो बैंक, त्यो बैंक । चारैतिर ठगी गरेको छ । सातवटा अदालतले थुनेर कारबाही गर्नुपर्ने भन्ने फैसला गरेको छ । गाली हामीलाई गर्छन् । बैंक ठगी आफू गर्छन्, गाली हामीलाई गर्छन् । त्यस्ताका पछि पनि मान्छे कुदिराखेका छन् । कस्तो दुनियाँ हो ?’ प्रश्न गर्दै उनले भने ।

     

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १७:१०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij