Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस


  • 925
    Shares

    शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

    काठमाडौं । विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।

    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए।

    समितिले बिहीबारको बैठकबाट पास गरेको थियो। सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास समेत व्यक्त गरे। 

    सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरू नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।

    माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ।

    रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ। 

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १५:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij