Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

एक महिनामा ३० करोड ५१ लाख राजस्व सङ्कलन

एक महिनामा ३० करोड ५१ लाख राजस्व सङ्कलन


  • 288
    Shares

    एक महिनामा ३० करोड ५१ लाख राजस्व सङ्कलन
    images

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको ६.८५ प्रतिशत हो । 

    कार्यालयले चालु आर्थिक वर्षमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिएका छन् । उनले भने, “साउन महिनामा ३८ करोड ३ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८०.२३ प्रतिशत राजस्व सङ्कलन भयो”, । 

    यसमा आयकरबाट ७ करोड ८३ लाख ६२ हजार, ब्याजबापत १ करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि कर बापत १४ करोड ४५ हजार र अन्तःशुल्कबापत ६ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो । 

    गत आर्थिक वर्ष २०८१\८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताएका छन् । 

     

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १५:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij