Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

हिमालयन लाइफको म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्ड निष्काशन हुने

हिमालयन लाइफको म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्ड निष्काशन हुने


  • 281
    Shares

    हिमालयन लाइफको म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्ड निष्काशन हुने
    images

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई भदौ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ ।  

    हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउने भएको हो । बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ। 

    बैंकरले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी रहेको न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको छ।

    उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्ने छ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ। फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

    हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ।

    बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने भएको छ।

    इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने छन्।

     

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १४:०८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij