२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । कोशी प्रदेशसभाको न्याय प्रशासन तथ विधायन समितिबाट पास भएको आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित भएका छन् ।
प्रदेशसभा सचिवालय अघि पत्रकारहरूले विरोध जनाए । नेपाल पत्रकार महासंघको आव्हानमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
कोशी प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकमा मिडिया हाउस र पत्रकारलाई सञ्चार रजिष्ट्रारले जरिबाना तिराउन सक्ने प्रावधान राखिएपछि पत्रकारसम्वद्ध संघसंगठनले संशोधनको माग राखेका थिए ।
छलफलका क्रममा दिइएका सुझाव सम्बोधन नभएपछि पत्रकारहरू आन्दोलनमा निस्किएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij