२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।गलकोट नगरपालिका-५ स्थित शिवालय मन्दिर नजिकैगलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान दुर्घटना भएको हो ।
दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएका इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिएका छन् ।
घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ भने तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij