२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो । व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे जानकारी दिइएको छ ।
उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिएभने चालु आर्थिक वर्षको पहिलो महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् ।
चालु आवको पहिलो महिनामा १५ लाख ३३ हजार ९११ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा २५ अर्ब ९ करोड सात लाख ३२ हजार संकलन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij