Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मेची भन्सारको राजस्व बढ्यो

मेची भन्सारको राजस्व बढ्यो


  • 316
    Shares

    मेची भन्सारको राजस्व बढ्यो
    images

    काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो । 

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । 

    “मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट छ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ”, उनले भने । 

    काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैँची,अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ । 

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १०:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij