Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद

सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद


  • 428
    Shares

    सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद
    images

    काठमाडौं । प्रहरीले काठमाडौंको सुनधारा स्थित सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद गरेको छ । सिभिल मलको पाँचौँ तलामा सन्तोषी श्रेष्ठले सञ्चालन गरेको ‘द टोय स्टोर’बाट अटोमेटिक पेस्तोल जस्तो देखिने नक्कली हतियार बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोराले बताएका छन् । 

    हतियार आयात गर्ने र  बेच्ने गरेको आरोपमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले काभ्रेको रोशी घर भएका  ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरेको छ भने बिहीबार पक्राउ गरेर आरोपीबिरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा ५ दिनका म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले बताएका छन् । 

    आरोपीले नेपाली रुपैयाँ ५ सय १ मा सो हतियार आयात गरेर १४ देखी १९ हजार सम्म लिएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    नक्कली भएपनि सो हतियारको तौल प्रहरीले बोक्ने गरेको पेस्तोलसँग मिल्दोजुल्दो रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १०:१०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij