Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आजको मौसम

आज देशभर साधरणतया बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर साधरणतया बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 1.0K
    Shares

    आज देशभर साधरणतया बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउँसो देशभर साधरणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी  प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । साथै पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ ।

    महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । 

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - ०७:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij