Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घटेको घट्यै

९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घटेको घट्यै


  • 316
    Shares

    ९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घटेको घट्यै
    images

    काठमाडौं ।  हिजो घटेको शेयर बजार आज पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ विन्दुमा झरेको छ ।

    आज निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ९७ वटा कम्पनीको शेयर घट्दा ५३ वटाको बढेको छ ।

    आज जनउत्थान सामुदायिक लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ५ अर्ब २ करोड रुपैयाँमा किनबेच भएको छ । योसँगै शेयर कारोबार रकम लगातार चौथो दिन घटेको हो ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - १६:१३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij