Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल


  • 2.4K
    Shares

    नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल
    images

     काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रुपमा उदाएको बताए ।

    बुधवार काठमाडौंमा स्व.प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पु¥याउन नसक्ने जिकिर गरे । उनले पुरानाहरुले पनि रैथाने भ्रष्ट जिन्दवाद, खानदानी भ्रष्ट जिन्दवाद भन्ने स्थितिमा रहेको बताए ।  देशमा तर्क हराएको उनको भनाइ छ । 

    उनले भने, ‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ । सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्टा जिन्दवाद हो । हामी पुरानाहरु रैथाने भ्रष्ट जिन्दवाद भन्न खोजेको हो की रु हामी पुराना हौँ । खानदानी भ्रष्ट जिन्दवाद भन्नुपर्ने जस्तो अर्को तर्क हरायो । मुलुकमा तर्क छैन । शहरमा तर्क छैन । राजनीतिमा तर्क हरायो । यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ । पहिलेदेखि देश विदेश चिनेका ठूलाठूला नेताहरु जानेका र पुरानाहरु नै ठिक छ वा नयाँ ठिक छ । आचरण र निष्ठाको कुरा गर्दा के फरक भयो रु’

    महासचिव भुसालले नैतिक बलका आधारमा नेता बन्नुपर्ने बताए ।

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १६:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij