Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः गृहमन्त्री लेखक

एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः गृहमन्त्री लेखक


  • 2.3K
    Shares

    एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः गृहमन्त्री  लेखक
    images

     काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा काँग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताए ।

    बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताए ।

    लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरुको ठूलो योगदान रहेको बताए । उनले एकता कुनै अमूर्त विषय नभएको बताए । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने बताए । उनले मतान्तरहरुमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताए । पार्टी भन्दा बाहिर प्रतिष्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने बताए ।

    लेखकले भने, ‘हामीले लोकतन्त्र,राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ । पिल्लरका रुपमा होस्, की वालका रुपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदी त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ । त्यसकारण आज जुन व्यवस्था यो लोकतन्त्रमा हामी छौँ । यो लोकतन्त्रको प्राप्ति प्रजातन्त्रका सेनानी, लोकतन्त्रका सेनानीहरुबाट प्राप्त भएको हो । लोकतन्त्रको जगलाई, आधारलाई स्मरण गर्नुपर्छ । यो हजारोँ सपुतको जगका कारण नै निर्माण भएको हो । लोकतन्त्रका लागि लढेका प्रजातन्त्रका सेनानीहरुलाई स्मरण गर्ने, उहाँहरुका विचारलाई फैल्याउने काम पुनित कार्य हो । नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसमा पनि समस्या हुँदैन र काँग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो ।’

    गृहमन्त्री लेखकले काँग्रेसका नेताहरु आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताए ।
     

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १५:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij