Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो


  • 11.2K
    Shares

    सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो
    images

    काठमाडौँ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ।

    यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ।

    त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

    https://www.dotm.gov.np/MainData/OnlineVehicleRegistrationSystem/main

    Notice yatayat.jpg

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १०:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij