२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।
बैठक माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको हो । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायत पार्टीका नेताहरूको सहभागिता रहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
त्यस्तै राप्रपाका नेता बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर, नेसपाका महिन्द्र राय यादव तथा आजपाका अध्यक्ष प्रभु साह सहभागी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij