Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रतिनिधिसभामा दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख हटाउने प्रस्ताव दर्ता गरिने

प्रतिनिधिसभामा दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख हटाउने प्रस्ताव दर्ता गरिने


  • 1.1K
    Shares

    प्रतिनिधिसभामा दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख हटाउने प्रस्ताव दर्ता गरिने
    images

    काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव दर्ता गर्ने भएका छन् । 

    मंगलबार सत्तारुढ एमाले र नेपाली कांग्रेससहितको सत्ता गठबन्धनले अन्य दललाई समेत विश्वासमा लिएर दर्ता गर्न लागेको उपसभामुख इन्दिरा रानाविरुद्धको प्रस्ताव तत्काललाई रोकिएको हो । 

    मंगलबार बिहानबाट नेपाली कांग्रेस र नेकपा एमालेले आ-आफ्नो संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाएर खाली कागजमा हस्ताक्षर गराएका थिए । तर मंगलबारै दर्ता गर्ने भनिएको प्रस्ताव भदौ १३ गते अघि दर्ता नहुने श्रोतले बताएको छ । प्रस्ताव दर्ता भएको एक साताभित्र टुङ्ग्याउनुपर्ने संवैधानिक व्यवस्था छ तर अहिले उपसभामुख राना अमेरिकामा रहेकी छन् । उनी १३ गते मात्र काठमाडौँ फर्कने बुझिएको छ । 

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवी लगायत छन् ।  

    २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । अहिले कांग्रेससँग ८७, एमालेसँग सभामुख बाहेक ७७ सांसद छन् । दुई पार्टीको सङ्ख्या जोड्दा १६७ मत पुग्छ । बाँकी १७ मत पुर्‍याउनका लागि अहिले अन्य सत्तारुढ दलसँग छलफल गरिरहेका हुन् । 

    अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा छ । उसका ७ सांसद छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा छ । लाेसपासँग ४ सांसद छन् । सरकारमै रहेका दलहरूका सांसद जोड्दा १७८ सांसद छन् । 

    अहिलेको बैठकमा जनमत र नागरिक उन्मुक्ति पनि सहभागी भएकाले उनीहरूले मत दिने निश्चित भएपछि हटाउने प्रस्ताव दर्ता गर्ने तयारी छ । जनमतसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद छन् ।

     

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १५:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij