Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

मोरङ कार्यालयमा विद्याको भेटघाट, कार्यक्रममा नजान ओली पक्षको उर्दी

मोरङ कार्यालयमा विद्याको भेटघाट, कार्यक्रममा नजान ओली पक्षको उर्दी


  • 981
    Shares

    मोरङ कार्यालयमा विद्याको भेटघाट, कार्यक्रममा नजान ओली पक्षको उर्दी

    काठमाडौं । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेकपा एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्दैछिन्।

    तर, अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टीले कुनै भेला नराखेको भन्दै सहभागी नहुन उर्दी जारी गरेको छ। एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सन्जालमार्फत पार्टीले कुनै कार्यक्रम नराखेको भन्दै भ्रममा नपर्न भनेका छन्।

    सोमबार विराटनगर आएकी भण्डारी अहिले १२ बजे पान्चालीस्थित पार्टी कार्यालय पुग्दैछिन्। एमाले मोरङ, विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको नेतृत्व र बाहुल्य छ। 

    भण्डारी पक्षका एक नेताले दिएको जानकारी अनुसार एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्कीसहितका नेताहरूले कार्यकर्तालाई फोन गरेर भण्डारीको कार्यक्रममा नजान दबाब दिइरहेका छन्।

    ‘पार्टी सत्ताको तुजुक देखाएर कार्यकर्ता धम्क्याउने काम भइरहेको छ,’ ती नेताले भने, ‘पार्टीको अग्रज नेता पार्टी कार्यालय आउँदा नजानु भनेर दबाब दिने कर्म त्रस्त मानसिकताको उपज मात्रै हो। कार्यकर्ताको भव्य उपस्थिति रहन्छ।’ भण्डारी आजै १ बजे काठमाडौं फर्कदैछिन्।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - ११:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij