Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपसभामुख रानालाई हटाउन कांग्रेस र एमाले सांसदहरूको हस्ताक्षर संकलन सुरु

उपसभामुख रानालाई हटाउन कांग्रेस र एमाले सांसदहरूको हस्ताक्षर संकलन सुरु


  • 701
    Shares

    उपसभामुख रानालाई हटाउन कांग्रेस र एमाले सांसदहरूको हस्ताक्षर संकलन सुरु

    काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ ।

    आफ्ना सांसदहरूलाई आकस्मिक बैठकमा बोलाएर एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको छ । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।

    प्रतिनिधिसभामा एमालेका कुल ७९ सांसदमध्ये टोपबहादुर रायमाझी निलम्बनमा भएकाले ७८ जना कायमै छ।

    उपसभामुख राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जानकारी दिएको छ 

    राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - ११:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij