२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले सधै झैँ यस वर्ष पनि दशैं-तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ। यो अफर २०८२ भदौ २, अर्थात आजदेखि देखि सुरु हुनेछ।
नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन ह्युन्डाईले “दशैं-तिहार, १० गुणा उपहार” अफर घोषणा गरेको हो। दशैं सुरु हुन १ महिनाभन्दा बढी समय हुँदा कम्पनीले यो फेस्टिबल अफर ल्याएको छ ।
यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् भने स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्।
ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुने भएको छ।
हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij