Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लीपमोटर बी १० नेपाल आउँदै, छिट्टै डेलिभरी सुरु हुने घोषणा

लीपमोटर बी १० नेपाल आउँदै, छिट्टै डेलिभरी सुरु हुने घोषणा


  • 323
    Shares

    लीपमोटर बी १०  नेपाल आउँदै, छिट्टै डेलिभरी सुरु हुने घोषणा

     काठमाडौं । नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रा. लि. ले लामो समयदेखि प्रतिक्षित लीपमोटर बी १० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा गरेको छ ।

    काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा भारी मात्रामा सकारात्मक   प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि, लीपमोटर बी १० अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउन तम्तयार छ । 
     
    लीपमोटर बी १० मा १६० किलोवाट  पावरफुल रियर-व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री रहेको छ, जसले एक पटक चार्जमा ६०० किमी र ४६० किमीसम्मको प्रभावकारी रेञ्ज प्रदान गर्छ। 

    आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो मोडेलले १८० मिमी ग्राउन्ड क्लियरेंस, १४.६ इन्च  टचस्क्रिन, ३६०-डिग्री क्यामेरा रेकर्डिङ सुविधा सहित, प्रीमियम लेदरटे सिट्स (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ जस्ता सुविधाहरू प्रदान गर्छ ।

    बी १० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लीपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ, जसले गर्दा यो नेपाली इभी प्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प हो ।

    अवसरमा, सांग्रिला मोटर्सका निर्देशक, श्री हेमन्त गोल्छाले भने,“हामीलाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि लीपमोटर बी १० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरेको छ। 

    गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ । 

    पुजो, सिट्रन र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको  प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ ।

     

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १२:५०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij