Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सामसङले नेपाली उपभोक्ताका लागि टिभीमा भिजन एआई ल्याउँदै

सामसङले नेपाली उपभोक्ताका लागि टिभीमा भिजन एआई ल्याउँदै


  • 309
    Shares

    सामसङले नेपाली उपभोक्ताका लागि टिभीमा भिजन एआई ल्याउँदै

    काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्युलेड टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ।

    यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।

    सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ। यो प्रविधि तीन आधारभूत स्तम्भमा बनेको छ ।

    मल्टी-दिभाइस कनेक्तिभीटीस् टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ। यसले कन्टेन्ट साझा गर्न, नियन्त्रण गर्न र सम्पूर्ण सामसङ इकोसिस्टममा निरन्तरता कायम राख्न सहज बनाउँछ। 

    सामसङको २०२५ को क्युलेड टिभी लाइनअप अब नेपालभरका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन्। यससँगै, उपभोक्ताहरूका लागि सामसङले नयाँ क्रिस्टल अल्ट्रा एचडी, फुल एचडी र एचडी टिभीहरूको लाइनअप पनि क्युलेड टिभीसँगै बजारमा ल्याएको छ।

    थप सामसङ इन्स्टा फइनान्स सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित)मार्फत ग्राहकहरूले नयाँ क्युलेड टिभी सजिलै इएमआईमा प्राप्त गर्न सक्छन्। नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमै मासिक किस्ता रु. नौ हजार ९२७ बाट सुरु हुने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - ११:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij