Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

डीपल एस ०५ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

डीपल एस ०५ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


  • 932
    Shares

    डीपल एस ०५ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । चांगनको डीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले गाडी सार्वजनिक गरेका हुन् । गाडीको मूल्य इन्ट्रडक्टरी प्राइस लाइट भेरियन्ट ४८.९९ लाख र म्याक्स भेरियन्ट ५४.९९ लाख तोकिएको छ ।

    कम्पनीका अनुसार नयाँ एस ०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको अनुभूति हुन्छ। यसमा नेपालमै पहिलो पटक ‘जिरो ग्राभिटी’ कम्फर्ट सिट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंक्शन र ‘वन-टच न्याप मोड’ सहितको ‘क्विन को–पाइलट’ सुविधा दिइएको छ ।

    दुबै सिट वेलकमिङ फिचरसहित छन् भने १६० लिटर क्षमताको ठूलो ‘फ्रंक’, आउटडोर मोडसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानशिपले प्रत्येक यात्रालाई लक्जरीयस बनाउने दाबी गरिएको छ ।

    ५६.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४७० किलोमिटर रेन्ज दिने कम्पनीले जानकारी दिएको छ ।

    नयाँ एस ०५ मा सेग्मेन्टमै पहिलो पटक ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा दिइएको छ, जसले साँघुरा पार्किङ स्पेसमा पनि सजिलै पार्क गर्न मद्दत गर्छ। 

    गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने सुविधा यो गाडीमा रहेको छ भने यसमा ‘एड्भान्स ड्राइभर असिस्टेन्ट’ प्रणाली छ, जसका १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्स बढाउँछन् ।

    यसमा पहिलो पटक विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ। साथै, यसमा ‘सुपेरियर कोल्ड वेदर पर्फर्मेन्स’ फिचर रहेको छ।

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १३:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij