Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालन, ‘सिलायन ७’ इलेक्ट्रिक कार सार्वजनिक

पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालन, ‘सिलायन ७’ इलेक्ट्रिक कार सार्वजनिक


  • 309
    Shares

    पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालन, ‘सिलायन ७’ इलेक्ट्रिक कार सार्वजनिक

    काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा .लि.ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

    बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटीरभिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा रहेको कम्पनीले जनाएको छ ।  

    जसले ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ । शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभाबकारी बनाउनेछ, जसले बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रूपमा मेलखाने सुनिश्चित गर्दछ।

    साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित भएको उदघाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरु र बीवाईडीका प्रशंसकहरूको सहभागिता रहेको थियो ।

    पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरुबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ । 

    साथै, साइमेक्सले पोखरामा आफ्नो संचालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाउने छ।
     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ११:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij