Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ उद्घाटन गर्ने


  • 316
    Shares

    प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ उद्घाटन गर्ने

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो २०२५ उद्घाटन गर्ने भएका छन् । आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रूपमा उद्घाटन गरी दिन औपचारिक रूपमा आग्रह गरेको हो ।

    भेटघाटमा नाडा प्रतिनिधि मण्डलको आग्रहलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको अध्यक्ष चौधरीले जानकारी दिए । २०८२ भदौ ३ गते देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदैछ ।

    उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए ।

    यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदैछ ।

    भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पङ्कज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ११:३३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij