२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रालिले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो सञ्चालनमा ल्याएको छ ।
सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम बाट प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीका संस्थापक/संचालक प्रकाश पौडेलले बताए। यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेको छ।
साथै एपले तिथिमिति, स्थानको आधारमा सूर्योदय-सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, मुहुर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ।
कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij