Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा २१ करोड ६४ लाख, खुद बीमाशुल्क ७% ले बढ्यो

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा २१ करोड ६४ लाख, खुद बीमाशुल्क ७% ले बढ्यो


  • 806
    Shares

    यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा २१ करोड ६४ लाख, खुद बीमाशुल्क ७% ले बढ्यो

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक  विवरण अनुसार कम्पनीले आफ्नो वित्तीय स्थिरता कायम राख्दै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ।

    २ अर्ब ३१ करोड रुपैयाँको शेयर पूँजी रहेको कम्पनीले समीक्षा अवधिमा रिटेन्ड अर्निङमा १० करोड ६ लाख रुपैयाँ कायम गरेको छ । जुन अघिल्लो वर्षको ९ करोड ४१ लाख रुपैयाँको तुलनामा वृद्धि रहेको छ। महाविपत्ति कोषमा ४ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६१ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले समीक्षा वर्षमा २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यद्यपि, यो अघिल्लो वर्षको २४ करोड ८४ लाखको तुलनामा केही कमी हो, तर कम्पनीले बजारको चुनौतीपूर्ण अवस्थामा पनि स्थिर नाफा कायम राख्न सफल भएको छ।

    कम्पनीले २ अर्ब ८२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९४ करोडको तुलनामा सामान्य कमी हो। 

    कम्पनीको खुद बीमाशुल्क आर्जनमा उल्लेखनीय सुधार देखिएको छ। समीक्षा वर्षमा १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन भएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ९ करोडको तुलनामा ७.३३ प्रतिशतले बढी छ। 

    कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ७६ पैसामा कायम छ। 

     

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १२:५६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij