२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१\८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार यो समीक्षा वर्षमा ६० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०\८१ को ५१ करोड ३९ लाख रुपैयाँको तुलनामा १७.३७ प्रतिशतले वृद्धि हो।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोष २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ९५ अर्ब ७ करोडको तुलनामा १९.७९ प्रतिशतले वृद्धि हो।
समीक्षा वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४० अर्ब ८४ करोड ९४ लाखको तुलनामा १८ प्रतिशतले बढी हो। त्यस्तै, खुद बीमाशुल्क आर्जन ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४० अर्ब ११ करोड २ लाखको तुलनामा १८.८४ प्रतिशतले वृद्धि छ।
९ अर्ब २ करोड ८७ लाख रुपैयाँ सेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६.२६ रुपैयाँबाट बढेर ६.६८ रुपैयाँ कायम भएको छ। कम्पनीको पीई रेसियो ११५.६८ गुणा र प्रतिशेयर नेटवर्थ १३६.७५ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij