२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । साताको अन्तिम दिन शुक्रवार बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ कायम भएको छ भने हिजो सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij