Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब


  • 631
    Shares

    गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । 

    त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ दुई दशमलव ९४ प्रतिशत बढी खर्च भएको हो । 

    यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६ दशमलव १५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७ दशमलव १४ प्रतिशत खर्च भएको छ ।  वार्षिक लक्ष्यको कुल ८१ दशमलव ८७ प्रतिशत खर्च भएको देखिएको छ । 

    आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत र गैर कर राजस्व ९५ दशमलव ४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३ दशमलव शून्य छ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व रु १० खर्ब ३० अर्ब ३४ करोड सङ्कलन भएकामा आव २०८१र८२ मा रु ११ खर्ब ७८ अर्ब ८२ करोड सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशत बढी हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३ दशमलव २५ प्रतिशत र गैर कर राजस्व २८ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

    आव २०८१/८२ मा कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड, निर्यात रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापार घाटा रु १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलव तीन प्रतिशत र निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १०:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij