Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच भएकाे कार्यगत एकताकाे सहमति पत्रमा हस्ताक्षर (पूर्णपाठ)

जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच भएकाे कार्यगत एकताकाे सहमति पत्रमा हस्ताक्षर (पूर्णपाठ)


  • 820
    Shares

    जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच भएकाे कार्यगत एकताकाे सहमति पत्रमा हस्ताक्षर (पूर्णपाठ)

    काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै  १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा राई र महतोले बिहीबार हस्ताक्षर गरेका हुन् । 

    दुई दलबिच भएको सहमति अनुसार कार्यगत एकताको संरचना तीन तहमा हुने बताइएको छ । जसमा केन्द्रीय तह, प्रादेशिक तह, स्थानीय तहमा कार्यगत एकता हुनेछ। केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने र यस समितिमा पार्टीका अध्यक्षहरूसहित दुवै पार्टीबाट ७र७ जना रहने उल्लेख छ । 

    समितिमा कम्तिमा २ जना महिला अनिवार्य गरिएको छ । प्रादेशिक र स्थानीय तहमा पनि संयोजन समिति रहने जनाइएको छ । प्रदेशमा ५र५ सदस्यीय र स्थानीय तहमा ३र३ सदस्य रहने समिति बन्ने संगठनात्मक संरचनामा उल्लेख छ ।

    कार्यगत एकतामा संलग्न दलहरूले बैठकको अध्यक्षता पालैपालो गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १७:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij