२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।
उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् । राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए । त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij