Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

ईभी स्कुटर याडियाले घटायो मूल्य, कति पर्छ अब ?

ईभी स्कुटर याडियाले घटायो मूल्य, कति पर्छ अब ?


  • 505
    Shares

    ईभी स्कुटर याडियाले घटायो मूल्य, कति पर्छ अब ?

    काठमाडौं । इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाले आफ्नो उच्च प्रदर्शनयुक्त मोडल ‘याडिया भेल्याक्स’मा विशेष मूल्य घटाउने अफर घोषणा गरेको छ । 

    नेपालमा यसको आधिकारिक वितरक कुजु नेपाल प्रालिका अनुसार अब भेल्याक्सको मूल्य पुरानो २,८५,००० बाट घटाएर २,४५,००० कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

    यो अफर याडियाले विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्री र निरन्तर ८ वर्षसम्मको अग्रता मनाउने अवसरमा ल्याइएको हो। भेल्याक्स त्यस्ता सवारका लागि डिजाइन गरिएको हो जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन् । यसमा ३२०० वाटको मोटर र १७२ न्यूटन-मिटर टर्क छ, जसले ६२ किलोमिटर प्रतिघण्टा सम्मको गति दिन्छ र एकपटकको चार्जमा १०० किलोमिटर सम्म यात्रा गर्न सक्छ ।

    यसमा ३० एएचर७२ भोल्टको लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ भने जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा पनि छ । अगाडि र पछाडि दुवैमा डिस्क ब्रेकसहितको सीबीएस प्रणाली, र १७० मिमि ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताहरू रहेका छन् । कम्पनीले ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५०,००० किलोमिटरको वारेन्टी पनि उपलब्ध गराएको छ ।

    विशेष अफर सीमित स्टकका लागि मात्र लागू हुने र स्टक सकिएपछि पुनः पुरानो मूल्य लागू हुने बताइएको छ । याडिया अहिले १०० भन्दा बढी देशमा सञ्चालनमा छ र आधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेको छ। 

     

     

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १३:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij