२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटा प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा।पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा बुद्धि पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।भरत खत्री उपकुलपति नियुक्त भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा।भक्त केसीका अनुसार बुधबार प्रधानमन्त्री ओलीबाट नवनियुक्त उपकुलपतिहरूले नियुक्तिपत्र बुझेका छन् ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरिएलगत्तै उपकुलपतिका लागि आवेदन आह्वान गरिएको थियो । त्यसका लागि ५५ वटा आवेदन परेको थियो ४५ जनाबिच प्रतिस्पर्धा भएको थियो ।
मन्त्री पौडेलको संयोजकत्वमा बनाइएको समितिमा स्वास्थ्य सचिव डा।विकास देवकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य रहेका थिए ।
सत्तारुढ दलहरूले उपकुलपतिहरूको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गरेका छन् । नेकपा एमालेको भागमा पाटन र पोखरा स्वास्थ्य विज्ञान परेको छ भने बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाली कांग्रेसको भागमा परेको छ ।
।
कर्णाली र वीपी स्वास्थ्य प्रतिष्ठान कांग्रेसको भागमा परेको छ भने श्रेष्ठ र रोकाया नेपाली कांग्रेस निकट हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij