२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरवण अनुसार नाफा तीन गुणा बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७९ करोड ४१ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने २०५.८५ प्रतिशत अर्थात् ३.०५ गुणा बढी हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । गत आर्थिक वर्षमा भने बैंकको व्यापार ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ९.३९ रुपैयाँ बढेर १४.५५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १८८.५७ रुपैयाँ कायम भएको छ ।
कम्पनीको अन्य आम्दानी पनि ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटाएर ९४ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने कम्पनीले ४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ राखेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij