२०८२ भाद्र २ गते सोमवार
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार साँझ रिहा गरेको छ। पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।
“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, पौडेलले भने, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।” प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। उनले कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराएका छन्।
उनले सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया दिएका छन्। पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेल पक्राउ परेकोमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न भनेका थिए।
नेकपा कार्यकर्ताले पौडेलबाट पुललगायत संरचना उद्घाटन गर्न नहुने भन्दै बुधबार बिहान प्रदर्शन र नाराबाजी गरेका थिए। नेकपाका पाँच कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij