२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार हेटौँडामा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामासहित बसेको संसदीय दलको बैठकले बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
आजै बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदैछन् । यसअघि लामा समूहका सांसदहरू केही बेर सम्पर्कविहीन भएपछि बानियाँ समूह अलमलमा परेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij