२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् ।
झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको जानकारी दिएका छन् । पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको उनले खुलाएका छन् ।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij