Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जर्मनीमा ‘नेपाली रूट्स सम्मेलन २०२५’ सम्पन्न

जर्मनीमा ‘नेपाली रूट्स सम्मेलन २०२५’ सम्पन्न


  • 1.1K
    Shares

    जर्मनीमा ‘नेपाली रूट्स सम्मेलन २०२५’ सम्पन्न
    images

    काठमाडौं ।  जर्मनीमा विभिन्न पेसामा आबद्ध नेपालीहरूको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ अगस्ट ९ मा म्युनिखमा उत्साहपूर्वक सम्पन्न भएको छ ।

    नेपाली रूट्स इभीले आयोजना गरेको कार्यक्रममा जर्मनीका विभिन्न सहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरू सहभागी थिए।

    कार्यक्रममा जर्मनीस्थित नेपालका राजदूत डा. शैल रुपाखेतीले विशेष सम्बोधन गर्दै जर्मनीमा रहेका नेपाली पेसागत समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल-जर्मनी सहकार्यमा प्रयोग गर्न सकिने सम्भावनामा जोड दिएका छन्।

    प्रमुख वक्ता जर्मनीका वरिष्ठ जलवायु तथा वायुमण्डलीय वैज्ञानिक तथा अनुसन्धान समूह प्रमुख डा. महेश्वर रुपाखेतीले जलवायु वित्त, संस्थागत सुदृढीकरण, प्राविधिक क्षमता विकास र प्रवासी समुदायको सक्रिय सहभागिताद्वारा नेपाललाई जलवायु-सहनशील बनाउन आह्वान गरेका छन्।

    समापन सत्रमा अध्यक्ष डा. गौतमले सबै वक्ता, सहभागी तथा साझेदार संस्थाप्रति आभार व्यक्त गर्दै सम्मेलनलाई जर्मनीमा नेपाली पेसागत समुदायको साझा ज्ञान, सहकार्य र अवसर सृजनाको थलो”को रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। 

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १६:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij