Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन


  • 1.4K
    Shares

    • images
    एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

    काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा ११ करोड ११ लाख ४२ हजार अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री गरेको हो ।

    कम्पनीको आज सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष विनोद पोखरेलले दैनिक एक हजार चार सय ५० पेटी अण्डा उत्पादन हुँदै आएको बताएका छन् । कम्पनीले नवलपरासीको (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ को सर्दीमा करिब ११ बिघामा फैलिएको फार्ममा कुखुरापालन गर्दै आएको छ । फार्ममा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै छ लाख कुखुरा पुरयाउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताएका छन् ।

    कम्पनीले गत आर्थिक वर्षमा आठ करोड १५ लाख ९० हजार नौ  नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिसेयर १८.३७ आम्दानी गरेको थियो । अध्यक्ष पोखरेलले पेस गरेको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०\८१ मा प्रतिसेयर रु ३.६४ आम्दानी  गरेको कम्पनीले यसवर्ष प्रतिसेयर आम्दानी बढाएको छ ।

    आर्थिक वर्ष २०८०\८१ मा कम्पनीले रु दुई करोड ६३ लाख नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।

    साधारणसभाले कम्पनीको २०८१\८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्तावअन्तर्गत प्रारम्भिक सार्वजनिक आह्वान ९आइपीओ० मा जानका लागि सबै कानुनी प्रक्रिया पूरा गरेकोले सोसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

    कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा।अनन्त दाहाल, डा आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, सेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले आफ्नो धारणा राखेका थिए ।

    यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेन र कम्पनीका बारेमा जानकारी दिएका थिए । साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्वसञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो । 
     

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १६:१०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij