Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आठौं संस्कृत दिवसमा डा. ऋषिराम सम्मानित, काठमाडौं विश्वविद्यालयले संस्कृत पढाउने

आठौं संस्कृत दिवसमा डा. ऋषिराम सम्मानित, काठमाडौं विश्वविद्यालयले संस्कृत पढाउने


  • 1.4K
    Shares

    आठौं संस्कृत दिवसमा डा. ऋषिराम सम्मानित, काठमाडौं विश्वविद्यालयले संस्कृत पढाउने
    images

    काठमाडौं । वृहत् कार्यक्रमका साथ आठौं विश्व संस्कृत दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्राध्यापक डा. ऋषिराम पोखरेललाई सम्मान गर्नुका साथै काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागद्वारा छिट्टै नै संस्कृत भाषाको अल्पकालीन शिक्षण सुरु गर्ने जानकारी समेत गराइयो ।

    राजधानीस्थित वाल्मीकि विद्यापीठमा शनिबार जरोकिलो प्रतिष्ठान, नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, वाल्मीकि विद्यापीठ, त्रि–चन्द्र कलेजको दर्शनशास्त्र विभाग लगायतका संघसंस्थाको सहआयोजनामा आठौं विश्व संस्कृत दिवस सम्पन्न भएको हो । 

    सम्मानित प्रा.डा. पोखरेलले संस्कृत भाषामा पूर्वीय सभ्यताको विगत, वर्तमान र भविष्य निहित रहेको उल्लेख गर्नुभयो । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. रामचन्द्र पौडेलले स्कुल अफ आर्टस् अन्तर्गतको भाषा तथा आमसञ्चार विभागमा यथासिघ्र संस्कृत भाषाको अल्पकालीन कक्षा सुरु गर्ने तयारी भइरहेको उद्घोष गरेका छन् ।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका जरोकिलो प्रतिष्ठानका संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयले संस्कृत भाषामै ज्ञानको भविष्य उज्वल रहेको बताका छन् । कार्यक्रममा जरोकिलो प्रतिष्ठानका संकल्पकर्ता तथा काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक डा. निर्मलमणि अधिकारी, त्रि–चन्द्र कलेजका सहप्राध्यापक डा. गोविन्दशरण उपाध्याय, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, डा. माधवप्रसाद लामिछाने, डा. आनन्दप्रसाद घिमिरे, डा. जीवन अधिकारी, दुर्गाप्रसाद पौडेल, कल्पना घिमिरेलगायतको सहभागिता थियो । 

     

     

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १६:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij