२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए।
विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं” भनेका थिए।
कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०स्०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij