Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, प्रतिशेयर आम्दानी कति ?

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, प्रतिशेयर आम्दानी कति ?


  • 1.2K
    Shares

    नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड,  प्रतिशेयर आम्दानी  कति ?
    images

    काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८१\८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ ।  गत आर्थिक वर्षमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

    कोषले ब्याज, सेवाशुल्क तथा कमिसन तथा विविध आम्दानी गरी १ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ भने व्यवस्थापन खर्चै तथा प्रोभिजनमा ४२ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । यसमा आयाकर घटाउँदा खुदा नाफा १ अर्ब २५ करोड रुपैयाँमा कायम भएको हो । 

    हाल कोषको पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ बराबर रहेको छ । कोष अन्तर्गतका विभिन्न योजनामा २ खर्ब ९१ अर्ब ८२ करोड संकलन भएको छ । यो अघिल्लो वर्षको भन्दा ४२ अर्ब रुपैयाँ बढी हो । संकलित रहेकोमध्ये कोषले हालसम्म २ अर्ब ८९ करोड रुपैयाँ लगानी रहेको छ । त्यसमध्ये ३१ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । 

    यो नाफाका आधारमा कोषको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - ०९:३४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij