Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थले गर्‍यो चार उद्योगको सम्पत्ति मूल्यांकन गर्ने कम्पनीहरुको ‘सर्टलिस्ट’

अर्थले गर्‍यो चार उद्योगको सम्पत्ति मूल्यांकन गर्ने कम्पनीहरुको ‘सर्टलिस्ट’


  • 1.3K
    Shares

    अर्थले गर्‍यो चार उद्योगको सम्पत्ति मूल्यांकन गर्ने कम्पनीहरुको ‘सर्टलिस्ट’
    images

    काठमाडौं । अर्थ मन्त्रालयले रूग्ण रूपमा रहेका चार वटा उद्योगको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्टलिस्टिङ गरेको छ ।

    मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै बुटवल धागो, जनकपुर चुरोट, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्ट लिस्टिङ गरेको हो ।

    मन्त्रालयले ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखानाको लागि १२ र जनकपुर चुरोट कारखानाको लागि ८ वटा परामर्शदातालाई सर्ट लिस्टिङ गरेको छ ।

    सरकारले चालु आर्थिक वर्षमा ती कम्पनीको सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । सोही अनुसार अर्थ मन्त्रालयले यस अघि नै ती कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाता माग गरेको थियो ।

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १६:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij