२०८२ माघ ७ गते बुधवार
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने दुई नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। साउन २३ देखि दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ हलमा लाग्दै छ।
सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म ‘सिटामोल’ र पल शाह, बेनिशा हमाल र नीति शाहको फिल्म ‘मोहर’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदै छ।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुवै फिल्मलाई पहिलो दिनका लागि झन्डै बराबरी शो उपलब्ध गराएको छ।
क्यूएफएक्सले काठमाडौँभित्र ‘सिटामोल’लाई १५ शो दिँदा ‘मोहर’ लाई १४ शो दिएको छ। यी दुवै फिल्मको मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाएको छ।
दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले ‘मोहर’ लाई १२ शो दिएको छ भने ‘सिटामोल’लाई ११ शो उपलब्ध गराएको छ। त्यस्तै वान सिनेमाजले दुवै फिल्मलाई ६र६ शो दिएको छ। अन्य हलमा पनि दुवै फिल्मले राम्रै शो पाएका छन्।
फिल्म ‘सिटामोल’ को कुरा गर्दा सामाजिक कथामा बनेको फिल्म राजबहादुर सानेले निर्देशन गरेका हुन्। ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ।
त्यस्तै, ‘मोहर’ सामाजिक–थ्रिलर फिल्म हो। ओम प्रतीकको निर्देशनमा बनेको फिल्मले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ। ‘मोहर’ मा भने पल शाह, नीति शाह, बेनिशा हमाल मुख्य भूमिका रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij